काठमाण्डौ – गजलकार तथा गीतकार विष्णु विरही श्रेष्ठको “तिम्रो मायामा” गित सार्वजनिक भएकाे छ।
उक्त गित बिबिएस क्रिएसन नामक यूट्युब च्यानलमा मंगलबार रिलिज भएको हो ।
विष्णु विरहीको श्रेष्ठको शब्द ,दिपकराज विश्वकर्माको संगीत तथा एरेञ्ज रहेको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र गायक प्रताप दासले स्वर दिएका छन् ।
गीतमा विजय पुन “पत्थरको मुटु” र वविना विश्वकर्माले अभिनय गरेका छन् । प्रेमिल शब्द रहेको उक्त गीतमा भिडियो पनि आकर्षक रहेको छ ।
मुनाल शिशिर कोईरालाले निर्देशन गरेको भिडियोमा दिनेश पराजुलीको छायांकन र शिलन लम्सालले सम्पादन गरेका छन् । विरहीकाे यसअघि “पिरतीको गुन्द्री” बजारमा अाएकाे छ ।
गीति भिडियोको यूट्युब लिङ्क
