राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद्को १८औं सदस्य सचिवका रुपमा रमेश सिलवाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले शिलापत्रलाई जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका उनी गोल्डेनगेट कलेजका सञ्चालक तथा निजी विद्यालयको छाता संगठन हिसानका अध्यक्ष पनि हुन् ।

पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए । मदन भण्डारीको नाममा हुने खेलकुद गतिविधि सिलवालले नै गरेका थिए । नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले सिलवालकै नेतृत्वमा क्यानको तदर्थ कमिटी बनाएको थियो ।

केशवकुमार विष्टको कार्यकाल ९ असारबाट सकिएपछि सरकारले नयाँ सदस्य सचिवका रुपमा सिलवाललाई नियुक्त गरेको हो ।

राखेपको सदस्य सचिव बन्न निवर्तमान सदस्य सचिव विष्टसहित राखेपा उपाध्यक्ष पीताम्बर तिमल्सिना, स्वयम्भुराज डंगोल, मीना श्रेष्ठ, दानबहादुर तामाङ, सुदिल शाही, गोविन्द शाहीलगायतले प्रयास गरेका थिए ।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको