जम्मू–कश्मीर विवादलाई लिएर भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको निर्णय

जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा र स्वायत्तता खोसेपछि पाकिस्तान त्यसको विरोधमा छन् ।

पाकिस्तानले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको ढोका ढकढक्याएको पाकिस्तानले अब यो विषयलाई अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो ।

भारतको कश्मीरमाथिको निर्णयपछि पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध सीमित गरेको छ भने भारतीय राजदूतलाई फिर्ता पठाएका छ ।

कश्मीरका पूर्ण भागमा दुवै देशको दाबी रहँदै आएको छ तर विभाजित भागमा मात्रै उनीहरुको शासन रहेको छ । कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तानबिच लामो समयदेखि विवाद छ । तर पछिल्लो पटक यो विवाद उत्कर्षमा पुगेको छ ।

पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेसीले मंगलबार एअर न्युज टिभीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने निर्णय गरेका छौँ । यो निर्णय सबै कानूनी पक्षको विश्लेषण गरेर लिइएको हो ।’

मुद्दाको केन्द्रमा भारतले गरेको मानवअधिकार उल्लंघन केन्द्रमा रहने उनले बताए । मुश्लिम बाहुल्य कश्मीरमा भारतले मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप छ, तर सो आरोप भारतले अस्वीकार गर्दै आएको छ ।

भारतले कश्मीरमा टेलिफोन तथा इन्टरनेट सेवा लामो समय बन्द गरेको थियो । टेलिफोन सेवा स्थापित भए पनि इन्टरनेट सेवा अझैसम्म सुचारु छैन ।

यसैबिच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरी कश्मीर मुद्दा भारत र पाकिस्तानको द्विपक्षीय विषय रहेको बताएका छन् । उनले वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

सिफारिस

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को वरीयता सचिवालय बैठकले सच्याएको छ। यसअघि प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरका उपमहासचिव रहेका थिए। तर...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।पार्टी सभापति गगनकुमार थापा ले आइतबार...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहल मा आइतबार...

भर्खरै

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन...

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट...

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

धेरै पढिएको