नेवि संघका संस्थापक सदस्य अर्यालको निधन

काठमाडौं– नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालको ७६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । गुल्मी मालिका गाउँपालिका–८ मा २००१ सालमा जन्मिएका अर्याल पछिल्लो समय मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।

इतिहासमा स्नातकोत्तर अर्याल कानुनमा तथा संस्कृत विषयमा शास्त्रीसमेत रहेका थिए । करिब दुई दशक लामो समयसम्म गुल्मीको रेसुंगा क्याम्पसमा अध्यापन गरेर क्यामपस प्रमुखको जिम्मेवारी निभाएका अर्याल कांग्रेस राजनीतिमा पनि सक्रिय थिए । उनी पञ्चायतकालमा पटकपटक गरी ५ पटकभन्दा बढी जेल गएका थिए ।

निष्ठावान राजनीति र समाजसेवीका रूपमा चिनिएका अर्याल कांग्रेस जिल्ला सचिव, महासमिति सदस्यलगायतका विभिन्न जिम्मेवारीमा रहनुका साथै बाल संगठन, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न शैक्षिक संस्थामा संलग्न थिए । उनले २०५८ सालमा राष्ट्रिय शिक्षा पुरस्कारसमेत पाएका थिए ।

उनी नागरिककर्मी भीम अर्यालका पिता हुन् । अर्यालका ६ छोरा २ छोरी तथा श्रीमती छन् । उनको शनिबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए भने नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य दीपक गिरी, नवीन्द्रराज जोशीलगायतका नेता तथा कार्यकर्ता पशुपति पुगेका थिए ।

उनको निधनले कांग्रेसले एक निष्ठावान नेता गुमाउनुका साथै गुल्मीले एक समाजसेवी तथा असल व्यक्तित्व गुमाएको नेताहरूले धारणा व्यक्त गरेका छन् ।
(नागरिक न्युजबाट)

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको