पहिरोले १७ घर बगायो, ठूलो मानवीय क्षति भएको अनुमान

काठमाडौँ- शनिबार बिहान गएको पहिरोले बझाङमा १७ घर बगाएको छ । केदारस्युँ गाउँपालिका वडा नं ८, मल्लेसी गाउँमा पहिरोले घर बगाएको हो । पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ ।

बिहान २ बजेतिर पहिरो गएको हो । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन । मल्लेसी जाने बाटो खोलैखोला भएर जानु पर्ने र माथीबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको स्थानिय दिपक बोहराले बताए । बोहराले ५ जनाको शव भेटिएको र २८ देखी ३० जना सम्म बेपत्ता रहेको अपुष्ट जानकारी आएको बताए ।

उद्धार गर्न गएको प्रहरी टोलीले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डिएसपी गणेश बमले जानकारी दिएका छन । यद्यपी त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने उनले बताए ।

बझाङकी प्रतिनिधी सभा सदस्य आसा विकले हेलिकप्टर मार्फत उद्धार टोली घटनास्थल पठाउनका लागि प्रयास भैरहेको जानकारी दिएकी छन् ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको