काठमाडौं – प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका शैलेश थापा क्षेत्री दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमाबिहीबार आयोजित बिशेष समारोहबीचगृहसचिव महेश्वरन्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानीचिन्हबाट सुशोभित गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाटप्रहरी महानिरीक्षक थापाक्षेत्रीलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै प्रहरी संगठनको गरिमा एवम् छविलाई अझ उचाईमा पुर्याउने विश्चास व्यक्त गर्नुभयो ।प्रहरी संगठन प्रमुखको नियुक्ति आमनागरिकको चासो र चर्चाको बिषय हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले त्यो चासो, चर्चा भइरहँदा प्रहरी संगठनको प्रमुखको नियुक्तिमा मर्यादित, स्वस्थ्य र सालिन किसिमको व्यवहार सम्भावित उमेदवारबाट प्रस्तुतभएकोमा अत्यन्तै सराहनीय रहेको र भोलिका पुस्ताले अनुकरण गर्न योग्य रहेको बताउनुभयो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले व्यावसायिक निष्ठाकासाथ राष्ट्रसेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपालप्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यूतथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञतातथा आभार व्यक्त गर्नुभयो ।

संविधान, ऐन र नियमले निर्दिष्ट गरेको सिमाभित्र रहेर नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा सिंगो प्रहरी संगठनलाई साथ लिएर आफ्नो क्षमता र विवेकले भ्याएसम्म निस्वार्थरुपमा नेपाल प्रहरी समक्ष रहेको अपेक्षामा खरो उत्रने इमान्दार प्रयास गर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न सक्दैन, प्रहरी महानिरीक्षकको सफलता वा असफलता देश, सरकार संगठनको सफलता असफलतासँग गाँसिएको हुन्छ, यसको निम्ति उचित निर्देशन भरपर्दो सहयोगी र स्वस्थ्य आलोचनाको आवश्यकता हुन्छ । मेरो सफलता वा असफलता भनेको यिनै कुराहरुको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पुरा तागत यसमा लगाउने वाचा गर्दछु ।”
हामी कानुन कार्यान्वयन गर्ने निकाय हौं, कानुन उलंघन गर्ने निकायको रुपमा रुपान्तरण हुन कुनै पनि हालतमा हुँदैन्, कसैले पनि बर्दीमा दाग लगाउने कोशिश गर्छ भने उसमाथि निर्मम रुपमा कारवाही प्रक्रिया अगाडि बढाइने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीलेआगामी दिनहरुमा प्रहरी संगठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताउनुभयो ।
