कक्षा ११ को परीक्षा नगराउन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय पुन: सञ्चालनमा नआएसम्म कक्षा ११ को परीक्षा नगराउन निर्देशन दिएको छ।

शुक्रबार बोर्डले सूचना जारी गर्दै नेपाल सरकारबाट विद्यालय सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो।

‘कोभिड-१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरूमा त्रासको वातावरण सृजना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नू/नगराउनू हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’सूचनामा उल्लेख छ।

परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपूर्व र परीक्षा आवेदन फाराम भर्नु अगाडि विद्यालयले आफ्नो अनुकुल समयमा कक्षा ११ को परीक्षा सञ्चालन गर्नु पर्नेछ।

परीक्षा सञ्चालन गर्दा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

सिफारिस

सुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, यस्तो देखियो पहिलो दिन (तस्वीरहरू)

काठमाडौं - जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ ।...

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत शुक्ल अष्टमी (चैते दशैं) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज देशका धेरै भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको...

आज चैते दशैं, गण्डकीमा सार्वजनिक बिदा

पोखरा  गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा आज प्रदेशभर...

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।...

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण...

हङकङमाथि नेपालको फराकिलो जीत, पुग्यो सेमिफाइनलमा

काठमाडौं - ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार...

धेरै पढिएको