डम्बर निदाल
डडेल्धुरा -डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा डडेल्धुराका २ सहित सुदुरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका —११ का २ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय ८१ नमुनाहरु परिक्षण भएको जसमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका २ जना र बझाङका १० जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आईतवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुराको अमरगढी नगरपालिका —११ का २ जनामा कोरोना पुष्टि भएको छ । त्यसै गरी बझाङको बुङ्गल नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ ।
