ज्यानमारा डेंगुबाट काठमाडौं नै जोखिममा, यसबाट कसरी बच्ने ?

काठमाडौं – देशका विभिन्न भागमा ज्यानमारा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ । जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ ।

रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो । जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेगुं रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन ।

विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन् । डेंगु रोगबाट प्रभावितहरुको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ,’ उनले भने ।

महाशाखाका अनुसार चालू आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तीमध्ये संघीय सरकारले ७० लाख र स्थानीय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । तर विनियोजित रकम पनि जनचेतना र डेंगु रोग नियन्त्रण अभियानमा खर्च हुन नसकेको देखिएको छ । यो वर्ष ‘डेंगु रोग सार्ने लार्भाको खोज र नष्ट गर्ने अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सम्बद्ध अधिकारी स्विकार्छन् ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ प्रशासक घनश्याम पोखरेलका अनुसार डेंगु रोगबाट प्रभावित ४७५ जनाको बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । डेंगु रोगकै कारण नेपालमा सन् २००६ देखि हालसम्म १३ जनाको मृत्यु भएको तथ्यांक छ । यस वर्ष सुनसरीसहित झापा, मोरङ, चितवन, नवलपरासी र धनकुटा डेंगु रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन् । धरानमा मात्रै डेंगु रोगबाट प्रभावित ४७५ जनाको उपचार भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

सन् २०१५ मा १३४ जना, सन् २०१६ मा १ हजार ५ सय २७, सन् २०१७ मा २ हजार १ सय ११ र सन् २०१८ मा ८ सय ११ जना यो रोगबाट प्रभावित भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले डेंगु रोग निराकरणका लागि व्यापक रूपमा जनचेतना फैलाउनुपर्ने बताए । ‘यो रोग नियन्त्रणका लागि सरकार गम्भीर छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच उच्चस्तरको सहयोग समन्वय र सहकार्यको खाँचो छ,’ उनले भने । डेंगुका बिरामीको संख्या बढेपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कीट नै अपुग

डेंगु रोग परीक्षणका लागि कीटको प्रयोग गर्ने गरिन्छ । कुनै व्यक्तिमा डेंगुको संक्रमण छ वा छैन भनेर जाँच्ने यन्त्र हो कीट । सरकारसँग ६ हजार कीट मात्रै छन् । गत वर्षका प्रभावितलाई आधार मानेर कीट खरिद गरिएको महाशाखाले जनाएको छ । प्रभावित स्थानमा १ हजार कीट पठाइएको छ । यदि डेंगु रोगको संक्रमण फैलिँदै गयो भने कीटको समस्या देखिने महाशाखाले जनाएको छ । खरिद प्रक्रिया लामो हुने भएकाले कीट खरिदमा समेत तत्काल समस्या देखिने भएको छ ।

काठमाडौं नै जोखिममा

डेंगु रोगको जोखिममा संघीय राजधानी काठमाडौं पनि रहेको छ । काठमाडौंको ठूलो भर्‍याङमा १६ जनामा डेंगुको संक्रमण देखिएको थियो । रोग महामारीका रूपमा फैलिन सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए ।

यस्ता लक्षण देखिन्छन् ?

— एक्कासि उच्च ज्वरो आउनु
— धेरै टाउको दुख्नु
— आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु
— शरीरमा बिमिरा आउनु
— रक्तस्राव हुनु
— हाड, जोर्नी तथा मांशपेसी दुख्नु
— बान्ता हुनु
— पेट दुख्नु, बेहोस वा अचेत हुनु
— शरीरमा नीलडाम देखापर्नु
— बेहोस वा अचेत हुनु
— नाक वा गिजाबाट रगत बग्नु

कसरी बच्ने ?

— लामखुट्टको टोकाइबाट बच्ने
– लामखुट्टको वृद्धि र विकासमा नियन्त्रण गर्ने
– घर–आँगन र कौसीको सरसफाइ गर्ने
– पानी जम्न नदिने
— सुत्दा झुल प्रयोग गर्ने
— पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने

विशेषज्ञको अभाव

लामखुट्टेसम्बन्धी विशेषज्ञ इन्टोमोलोजिस्ट नेपालमा एक जना मात्रै रहेको सरकारी तथ्यांक छ । यस्तै, भेक्टर कन्ट्रोलर निरीक्षक ३४ जना छन् । जनचेतना कार्यक्रममा समेत ती विशेषज्ञको संख्या कम हुँदा डेंगु रोग निवारण कार्यक्रम प्रभावकारी बन्न नसकेको सरोकारवाला बताउँछन् ।

‘सरकारसँग पूर्वयोजना छैन’

डेंगु रोग नियन्त्रणका लागि सरकारसँग पूर्वयोजना नभएको स्वास्थ्य सम्बद्ध अधिकारीहरु बताउँछन् । डेंगु रोगको महामारी फैलिँदै जाँदा पनि सरकारले व्यवस्थित तरिकाले पूर्वयोजना बनाउन नसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक एवं डेंगु रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले बताए । उनले लामखुट्टेको बासस्थान कहाँ हो भनेर खोजी गर्न आवश्यक रहेको बताए । डा. पाण्डेले भने, ‘डेंगु रोगले महामारी ल्याइसकेको छ । कहाँ कहाँ लामखुट्टे बस्छ भनेर खोजीका लागि सर्भे आवश्यक छ ।’

‘खोज र नष्ट अभियान’ कागजमा

डेंगु रोग नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान’ कागजमा सीमित भएको छ । यो रोग नियन्त्रणका लागि बजेटकै अभाव हुने गरेको छ । कनिका छरेझैं बजेट विनियोजन हुने र त्यो पनि खर्च नहुने प्रवृत्तिका कारण यो रोगको प्रभावकारी नियन्त्रण हुन नसकेको स्वास्थ्य स्रोतले जनाएको छ । महाशाखाका अनुसार एउटा स्थानीय तहमा २–३ लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ । तर रोगको जोखिम रहेको सुनसरीस्थित धरान उपमहानगरपालिकाले भने डेंगु रोग नियन्त्रण बजेट नै विनियोजन गरेको छैन । उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारी सुवेदीले विपद् कोषमा छुट्याइएको रकम डेंगु रोग निवारणमा खर्च गर्दै आएको बताइन् । ‘हामीले डेंगु रोग निवारणमा बजेट नै छुट्याएनौं । लार्भा नष्टमा लागेका छौं । तर झन् लार्भा बढ्दै छन्,’ उनले भनिन् ।

डेंगु ज्वरो के हो ?

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको ज्वरो हो । डेंगुको विषाणुबाट संक्रमित पोथी लामखुट्टेको टोकाइले यो रोग सर्छ । यो रोगको प्रकोप धेरैजसो उष्ण हावापानी भएका क्षेत्रमा पाइन्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । लामखुट्टेले वर्षाको मौसममा पानी जम्ने टिनका डब्बाहरू, रङका खाली डब्बाहरू, टायर ट्युब र खाली ड्रममा यो लामखुट्टेले फुल पार्छ । घर, कौसीको गमला, फुलदानी, एयर कन्डिसन, कुलर, पानीको ट्यांकीमा पनि फुल पार्छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको