प्रचण्डले बोलाएको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।

शुक्रबार ५ जना सचिवालय सदस्यको पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।

कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि ओलीसँग प्रचण्डले ‘वान अन वान’ भेटवार्ता गर्दै आएका थिए । बैठकपछि प्रवक्ता श्रेष्ठले पार्टी एकता जोगाउन सामूहिक रुपमा भेटेर प्रधानमन्त्रीसँग कुरा गर्ने निष्कर्ष निकालिएको बताए ।

 

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको