काठमाडौं – धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।
भंगह नगरपालिकाकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया छोरी बलात्कार गर्न स्थानीय ४० वर्षीया सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएको हो ।
रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लागे भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।
दलित समूदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पुर्याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।
‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई नै गाली गर्थिन । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायतका अनेकखाले धम्की दिइन्थ्यो ।’
यो समाचार आजको नागरिक दैनिकमा धनुषाबाट कमलेश ठाकुरले लेखेका छन् ।