काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सकिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठकले बिहीबारसम्म सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको छ ।
आजको बैठकको सुरुमा प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको भेटवार्ताका विषयमा जानकारी गराएका थिए । प्रचण्डले पर्सि २७ गते सचिवालय बैठक बस्नका लागि गरेको आग्रहमा पनि ओलीले सकरात्मक जवाफ नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
आजको अनौपचारिक बैठकले सहमतिका लागि गरिएको आग्रह वा ढिलाइलाई कमजोरीका रुपमा नलिन चेतावनी पनि दिएको छ । पार्टी एकताका कायम राख्नका लागि आफूहरुले निरन्तर प्रयास गरिरहेको श्रेष्ठले बताए।