नारी अस्तित्वको सवाल : कता जाँदैछ हाम्रो समाज ?

  • श्रीना नेपाल 

काठमाडौं – नारी राष्ट्रस्य अक्शि अस्ति अर्थात् नारी राष्ट्रकि आँखा हुन् ईतिहास हेर्दा पनि वैधिक युगका विधुषी मध्य सुर्या, विइववार अंपाला, रोमशा जस्ता नारी रत्नहरू थिए जस्ले आफ्नो दिव्य आलोक छर्केर त्यस युगलाई उज्यलो र सफल बनाएका थिए । अहिलेको समयमा नियालदा सि. एन. एन. हिरो विजेता अनुराधा कोइराला, पुष्पा बस्नेत, राष्ट्रय  तथा अन्तर्राष्ट्रिय स्तरको एथलेटिक्स मिरा राई, साहित्य जगतकी जुन झमक घिमिरे, न्याय जगतकी आशा सपना प्रधान मल्ल जस्ता नारीहरुले यो कुरालाई सार्थक नपारेका होइनन् तर विडम्बना हरएक वर्ष ५०,००० गर्वपतन यस कारणले मात्र हुन्छ कि गर्वमा छोरी छ अनि असुरक्षित गर्वपतनका कारण हरेक वर्ष ४००० महिलाको मृत्यु हुन्छ। न त गर्वमा सुरक्षित न त समाजमा नै ।

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी यी नामहरुसँग निकै परिचीत छौं तर कताकता त्रास छ, पहिलोको पछाडि अन्तिम आउँछ भन्ने। ठुला ठुला सपना र जिम्मेवारी काधमा बोकेर प्रधानन्यायाधीश, प्रधानमन्त्री जस्ता पदको कल्पना गरेर समाजसँग जुझ्न निस्केकि चेली भरे सुरक्षित घर फर्किन्छे कि फर्किन्न पनि भन्न सकिदैन। हरेक दिन बलात्कारको नयाँ खबर अनि अहिले त झन विभिन्न रोग संक्रमीत सिरिन्ज आक्रमण जस्ता त्रसित खबरहरुले पनि नारीहरुलाइ कुनै पनि कदम उठाउनु भन्दा अगाडि १० चोटि सोच्न बध्य बनेका छन् । अपरिचित व्यक्ति, शिक्षक, हुँदा हुँदा आफ्नै आफन्त,  बुवा, हजुरबुवाबाट समेत यौन हिंसा जस्ता अपराधजन्य घटना घटिरहेको देख्न सुन्न सकिन्छ।

पुरुष प्रधान समाज भएको कारण यी सबै कुराहरु भोग्नुपरेको हुनसक्छ सायद।  जुन देशमा चुरोटको बट्टा शानसँग मागेर किन्ने गरिन्छ अनि स्यानिटरी प्याड माग्दा सानो आवाज त्यो पनि कागजमा बेरेर लुकाएर किन्ने/दिने गरिन्छ, त्यस देश/ समाजबाट अरु अपेक्षा पनि के नै गर्न सकिन्छ र ? अझै पनि ४४% महिलाहरु मात्र शिक्षित छन् , अनि ५१% महिलाहरुको विवाह १६ वर्ष नपुगी नै हुने गर्छ, दाइजोको लावालस्कारको माग गर्ने अनि चित्त नबुझेमा पशुलाई भन्दा नराम्रो व्यवहार गरेको पनि नसुनिएको त होइन ! अझै पनि बलत्कृत नारीहरूले आफ्नो मुख छोपेर हिड्नु पर्ने तर बलात्कारीहरु शान देखाएर हिडिरहेको पनि छाप्छाप्ती देखिन्छ। उल्टै नारीहरुलाई नै दोषी देखाइन्छ, पहिरन अनि व्यवहारको दोषी तर ती ३-४ वर्षका अबोध बालक अनि ८० वर्षको बुढि आमालाई कसरी पहिरन र व्यवहारको दोष भन्न सकिन्छ? त्यो सबै हुनु पछाडिको कारण मानसिक आचरण हो।  जताबाट पनि महिलालाई कुज्याउने, पीडित बनाउने अनि गलत नजर लगाउने मानसिकता हो सहि कारण। स्वतन्त्रताको अधिकार पुरुषलाई मात्र नभइ महिलाको लागि पनि बनाएको र लेखिएको हो संविधानमा।

जब सम्म देशमा नारी र पुरुष भन्नू भन्दा पनि मानव हो भनेर विचारीकरण गरिदैन, अनि पीडकलाई कडा सजायको व्यवस्था गरिदैन तबसम्म निर्मला पन्त जस्ता सयौं घटना घट्नेछन् र ३३% आरक्षण पुर्ण हुनेछ न त छाउपढि  जस्ता अन्धविश्वासी विश्वासको अभ्यास नै कम हुन्छ! हुन्छ त केवल २-४ दिन सम्मको लागि सन्सनी खबर! यदि अदालतमा न्याय दिने कुरा किताबसम्म मात्रै सिमित हुन्छ भने, अन्यायलय भनेर लेखिदिए हुन्छ।

आफ्नो प्राणबाट अर्को प्राणको सृष्टि गर्ने सृष्टिकर्ता, देवीको अवतार हुन् नारीहरु, त्यो प्रसवकाल अनि हरेक महिना रजस्वलाको पट्यार लाग्दो कष्टको सहन गरेर पनि मुस्कुराउनु मजाकको कुरा होइन। देशलाई पनि मातृभूमि भनेर सम्बोधन गर्नुको कारण पनि सायद यहि हो।  आफ्नै चेलिबेटीमाथी आँखा लगाउनु, अनि आफ्नो स्वार्थ, क्षणिक आनन्दको लागि उनीहरुको तन लुट्नु सपना लुट्नु र देश/ समाज र प्रकृतिको अपमान गर्नु बराबर हो।

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता :।

यत्रैतास्तु न पुज्यनते सर्वास्तत्रा फला क्रिया:।।

अर्थात् जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ सुख र शान्ति हुन्छ तर जहाँ नारीको अपमान गरिन्छ त्यहाँ अशान्ति हुन्छ अनि विकास पनि असम्भव छ। कतै यहि कारणले पिछडिरहेको त छैन, हाम्रो देश/ समाज ?

 

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको