फाइल तस्विर

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरु भारतीय दूतावासको जलपानमा सरिक भएका छन् ।

उनीहरु राजदूत मन्जिवसिंह पुरीको निमन्त्रणामा सोमबार त्यहाँ गएका हुन् ।

भारतीय रिसर्च एण्ड एनालाइसिस विङका उच्च अधिकारीहरुसमेत आएकाले उनीहरुको सम्मानमा आयोजित जलपानमा सांसदहरु सहभागि भएका हुन् ।

एक समिति सभापतिका अनुसार १० दिनअघि नै मोबाइलमा निम्ता पठाइएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here