यस्तो छ आगामी ३ दिनको मौसम

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर सर्ने बताएको छ । जसका कारण मुलुकमा मनसुनी गतिविधि कम सक्रिय हुँदै जाने महाशाखाले जनाएको छ ।

त्यस्तै हाल देशभर सामान्य बदली भई देशका पूर्व र पश्चिमका केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

कस्तो हुनेछ तीन दिनको मौसम ?

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने महाशाखाको अनुमान छ ।

बिहीबार राति भने देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार दिउँसो देशभर सामान्य बदली भई केही स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबार राति भने देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ भने पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको को सम्भावना छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ । शनिबार राति देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै आगामी २४ घण्टामा पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको