निर्मला हत्या प्रकरण एक वर्ष : पिडितले अझैं पाएनन् न्याय

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।
वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।

१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी भीमदत्त नगरपालिका वडा नम्बर २, उल्टाखामकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा निर्मलाको हत्याको छानबिनका लागि करिब आधा दर्जन छानबिन समिति बनेका छन् । सबैजसो समितिले निर्मलाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ ।

यस्तै, ती समितिका प्रतिवेदनले प्रहरीबाट सुरुवाती चरणमा नै अनुसन्धानमा लापर्बाही भएको भन्दै निष्कर्षसमेत दिएका छन् । तर, हत्यामा संलग्नलाई भने कुनै पनि प्रतिवेदनले किटान गर्न सकेको छैन । हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास असफल भएका छन् ।

प्रहरीले भने निर्मला पन्तको हत्या अनुसन्धान जारी रहेको र हत्यारा पत्ता नलाग्दासम्म अनुसन्धानले विश्राम नपाउने बताएको छ ।
घटनाका विषयमा शंकामा रहेका दुई दर्जनभन्दा बढी शंकास्पद व्यक्तिको हालसम्म डीएनएसमेत जाँच भएको छ करिब एक दर्जन शंकास्पद व्यक्ति पक्राउ परेर पनि छुटिसकेका छन् । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएकाको अहिले पनि राजधानीमा उपचार जारी छ ।

७ भदौको आन्दोलनका क्रममा दायाँ खुट्टामा गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका वडा नम्बर ४ का अर्जुन भण्डाराको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा काटिएको छ भने शरीरका अन्य भागसमेत चल्न छाडेका छन् । एक वर्षदेखि अस्पतालमा रहेका उनको उपचार खर्च समेत गत वैशाखबाट सरकारले दिन छाडेपछि समस्या भएको परिवारले गुनासो गर्दै आएको छ ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको