पत्रकार महासंघद्वारा शिक्षा क्षेत्रका ३५ पुरस्कार घोषणा, को-को ले पाए ? (नामसहित)

काठमाडौं – नेपाल पत्रकार महासंघले शिक्षा क्षेत्रका ३५ पुरस्कार घोषणा गरेको छ । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु। ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव रमेश विष्टका अनुसार सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट १-१ जनालाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ प्रदेश नं १ बाट सुजन तिम्सिना (इलाम), २ बाट सन्तोष सिंह (जनकपुर), ३ बाट सरिता श्रेष्ठ (धादिङ), गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी), प्रदेश ५ बाट प्रेमनारायण आचार्य (अर्घाखाँची), कर्णाली प्रदेशबाट गोविन्द केसी (दैलेख), सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) र उपत्यकाबाट लक्ष्मी पौडेल (काठमाडौं)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २-२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश नं. १ बाट रोहित राई (सुनसरी) र सुशीला पाठक (मोरङ), प्रदेश नं. २ बाट बृजलाल प्रसाद पासवान (पर्सा) र सुनिल ठाकुर (सर्लाही), प्रदेश नं. ३ बाट शरद अधिकारी (काठमाडौं) र सविता श्रेष्ठ (चितवन), गण्डकी प्रदेशबाट रोशन तिवारी (पर्वत) र शान्ता कमली (लमजुङ), प्रदेश नं. ५ बाट विकास बन्जाडे (कपिलवस्तु) र भगवती पाण्डे (रुपन्देही), कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने (कालीकोट0 र हरि गौतम (रुकुम), सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय (बझाङ) र भूमिराज जोशी (बझाड) तथा उपत्यकाबाट राजन रुचाल (ललितपुर) र प्रशान्त वली (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश नं. १ बाट तमोर एफएम (ताप्लेजुड), प्रदेश नं. २ बाट रेडियो अपन मिथिला (महोत्तरी), प्रदेश नं. ३ बाट रेडियो सन्देश (मकवानपुर), गण्डकी प्रदेशबाट ह्याप्पी एफएम (नवलपुर), प्रदेश नं. ५ बाट रेडियो मदनपोखरा (पाल्पा), कर्णाली प्रदेशबाट रेडियो शारदा (सल्यान), सुदूरपश्चिमबाट रेडियो जनप्रिय (अछाम) र उपत्यकाबाट क्यापिटल एफएम (काठमाडौं)लाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक (ललितपुर), अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्ने निर्णय गरिएको छ ।

पुरस्कार यही २०७६ साउन १४ गते काठमाडौंमा एक समारोहबीच हस्तान्तरण गरिने महासचिव बिष्टले जानकारी दिए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको