- अम्बिका गुरुङ
मेरो शून्य रातलाई
अझ असंभ्रम गर्न निद्की रानी
आखामा बस्छिन त्यो चन्द्रमाको प्रचण्ड
उज्यालोमा पनि परेली
भित्र बन्द हुन्छिन
शान्त र स्थिर आकाश झुली रहेछ
सायद निद्को गोलि
खाएर होला ति ताराहरु
टुलु टुलु हेरी रहेछन
त्यो अधेरो धर्तीमा
झ्याउकिरिको त्यो सामुहिक
आवाजहरु रातलाई छिचल्दै
गइ रहेको हुन्छ
तर ईमानदारी बुढो सुर्य
प्रभातमै आउछ
धर्तीमा फेरि अर्को एक दिन छोटटयाउदै !!