रामेछाप –  टाढैबाट टलक्कै देखिने ठुला भवन । चिरीच्याट्ट परिसर । दरिलो बार वन्देज मात्र हैन सुविधायुक्त सौचालय । यस अघि जस्ताको छाना मुनि वसेर अध्ययन गर्ने फुलासीका बालबालिकाहरुले शुक्रबारदेखि बाहिरी सजावटले कुनै रिसोर्ट जस्तै लाग्ने विद्यालय पाएका छन् ।

विद्यालय कोठामा ल्याव, देखि हेर्दै बसौंवसौं लाग्ने फर्निचरको व्यवस्था भएको विद्यालयमा करिव ३ सय बालवालिकाले आफ्नो भविष्य वनाउनेछन् । ‘मैले छाप्रोमा वसेर बालबालिकालाई कखरा सिकाए’ विद्यालयका एक शिक्षक ३ तलाको आलिसान विद्यालय देखाउदै भन्दै थिए – यो सवै समयको कुरा रहेछ , यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौं ।
२०७२ सालको भुकम्पले विद्यालय भवन लडाएपछि फुलासी स्थित हर्रेचिण्डे माविको स्वरुप फेरिने मेलो जुरेको हो ।

उक्त विद्यालयका २ वटा भवन र अन्य पूर्वाधारहरुको निर्माणका लागि करिव ७ करोड भन्दा बढी रकम लागेको छ । एसियाली विकास वैंकको सहयोगमा निर्माण भएको उक्त विद्यालयका भवन लगाएतका पूर्वाधार शुक्रबार देखि विद्यालयले पाएको हो । भवन निर्माणको कार्य खानी निर्माण सेवाले तोकिएको समयमानै सम्पन्न गरेको थियोे । यो सगैं खानी निर्माण सेवाले रामेछापका अन्य १२ वटा विद्यालयको काम समेत एकै साथ सम्पन्न गरेर हस्तान्तरण प्रकृयामा लागेको छ ।
शुक्रबार विद्यालय भवनको उद्घाटन बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले गरे । उनले उक्त कार्यक्रममा विद्यालयको सा“चो व्यवस्थापन समितिलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले विद्यालयमा गुणस्तर शिक्षाका लागि घर र समाज गुणस्तर हुनु जरुरी भएको वताए । घर र समाज गुणस्तर भयो भने हाम्रो विद्यालय र बालबालिकाहरु आफै गुणस्तर हुन्छन् मन्त्री ढुंगेलले भने । उनले विद्यालयका लोभलाग्दा भवनमा पसेका बालबालिकाहरुले अव प्राविधिक शिक्षामा जोड दिनु पर्ने वताए । प्राविधिक र उच्च शिक्षा घरमै वसेर पाईने अवसरका लागि स्थानीयलाई लाग्न उनले आग्रह गरे ।

मन्त्री ढुंगेलले विगत २ बर्षमा जिल्लामा उल्लेख्य विकास निर्माणका काम भएको वताए । उनले सडक विद्यालय, खानेपानी , खेलकुद पूर्वाधार, सित भण्डार लगाएतका योजनामा ठुलो लगानी भएको वताउदै अवको केहि समयमा जिल्लाको मुहार फेरीने दावि गरे । यस अघिका सरकारले विकासका काममा चासो नदिएको भन्दै मन्त्री ढुङ्गेलले आफु पनि नगर्ने अरुले गरेको विकास निर्माणका काम गुणस्तर नभएको हौवा पिटाउने काम भइरहेकोमा आपत्ति जनाए । ‘ वनाएको चिज भत्कन्छ’ मन्त्री ढुङ्गेलले भने – फेरी वनाउनु पर्छ ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका उनले पाटीमा अहिले केहि तरंग आएको तर लोकतान्त्रीक गणतन्त्रका लागि फुट्नु नहुने वताए । नेकपा मात्र हैन, होजो यो व्यवस्थाका ल्याउने का“ग्रेस पनि अहिलेको बेला फुटनु हुदैन मन्त्री ढुङ्गेलले सभामा संवोधनको क्रममा भने – राप्रपा चाँहि म चिन्दीन । उनले नेकपा ठुलो घण्ट भएको र अन्तरविरोधको स्वर पनि ठुलो आएको वताउदै भने – काँग्रेसमा पनि सानो घण्टी वजेको थियो, नेकपाको अघी फिक्का भयो । उनले नेकपा फुटाउन खोज्नु आगोमा हात हाल्नु जस्तै भएको दावि गर्दै भने – आगोमा हात हाल्ने सकिन्छ ।

कार्यक्रममा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, बाग्मती प्रदेशका सांसद शान्ति प्रसाद पौडेल र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा ) रामेछापका प्रमुख निर्मल घिमिरे र खानी निर्माण सेवाका प्रतिनिधि रामबाबु घिमिरेले विद्यालयले पूर्वाधारमा फड्को मारेको वताउदै अवका दिनमा गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने वताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here