हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ, राजतन्त्र भने फर्कंदैन : महामन्त्री कोइराला

मोरङ — कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए ।

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । ‘पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना लाग्छ,’ उनले भने, ‘त्यसैले फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्छ ।’

उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । आउँदो महाधिवेशनका लागि आफू र शेखर कोइरालामध्ये को सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलले टुंगो लाग्ने उनको भनाइ थियो ।

तनहुँमा गाउँपालिकाले नै पुल उद्घाटनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाएको अवस्थामा सरकारले गरेको ज्यादतीको विरोधमा देशभरि उत्रिन बाध्य भएको भन्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए । संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको उपस्थिति नहुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको पनि उनको भनाइ थियो ।

कांग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने पनि कोइरालाले दाबी गरे । २०४६ सालमा कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर मुलुकमा दोस्रो शक्तिका रूपमा स्थापित गराउनु ठूलो भूल भएको उनले बताए ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको