काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको छ ।

मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो ।

मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने महाशाखाले जनाएको छ ।

बिहानको मौसम

शुक्रबार बिहान देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको छ । साथै ती क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ । मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा छ ।

आज दिउँसो र रातिको मौसम

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

यसैबीच, आज राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी पहाडी भूभागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबारको मौसम

शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबारको मौसम

आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ।

आइतबार राति देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थानमा तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने छ ।

सावधानी

देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here