किन गर्ने ध्यान ? यस्ता छन् पाँच फाइदा

काठमाडौं – विज्ञान र अध्यात्मको सफल परिक्षणको रुपमा ध्यानलाई लिइन्छ । विगतमा भगवानको आस्थामा गरिने भन्ने ध्यानको लाभ विज्ञानले पुष्टि गरेपश्चात धेरैको ध्यानाकर्षण ध्यान यानिकी मेडिटेसन तर्फ भएको छ । तनावबाट मुक्त हुन भनेर ध्यान गरिएतापनि यसका अन्य फाइदा पनि रहेका छन् ।

१) तनाव कम गर्न

शरीरमा कोर्टिसोल नामक हर्माेनको मात्रामा वृद्धि हुनाले तनाव पैदा हुन्छ । तनावका लक्षण रुपमा निन्द्रा नलाग्नु, मन स्थिर नहुनु, रक्तचाप बढ्नु, नकारात्मक सोचको विकास हुनु, आदि पर्दछन् । समयमै तनावलाई नियन्त्रण गरेमा यसले अन्य रोगहरु प्नि निम्त्याउने हुन्छ । दैनिक २० देखि ३० मिनेट ध्यान गर्नाले तनावलाई क मगर्न सकिन्छ । बिहान उठेर शान्त वातावरण ढाड सिधा बनाएर आँखा चिम्लेर आफ्नो स्वासप्रस्वामा ध्यान दिने । बिस्तारै शरीरका अन्य भागको काममा पनि ध्यान दिने । शरीरमा रक्त संचार कसरी हुँदैछ ध्यान दिने । यसरी दैनिक ध्यान गर्नाले ध्यानलाई एकिकृत गर्न सहज हुन्छ र तनाव विस्तारै कम हुन्छ ।

२) सकारात्मक सोचको विकास

शरीरमा कोर्टिसोलको मात्रा बढ्दा तनाव मात्र नभएर नकारात्मक सोच पनि विकास हुन्छ जसले हाम्रो दैनिकीमा असर पुग्दछ । दैनिक रुपमा ध्यान गर्नाले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक सुधार ल्याउँछ । मानसिक रुपमा स्वास्थ्य अवस्थामा सोच्न र निर्णय लिन सक्ने क्षमता अभिवृद्धि हुन्छ जसको कारण हामीमा सकारात्मक सोचको विकास हुन्छ ।

३) स्वयमको पहिचान

ध्यान गर्ने समयमा सम्पूर्ण ध्यान शरीर र शारीरीक क्रयाकलापमा केन्द्रित हुने हुनाले यसले आफू को हुँ, आफ्ना क्षमता के–कस्ता छन्, आफ्नो विकास कसरी गर्न सकिन्छ, के गर्नाले आफ्ना कमजोरीहरुमा जित हासील गर्न सकिन्छ जस्ता कुराहरुको मनन गर्न मद्दत पुग्छ । आफ्नो पहिचान भएको व्यक्तिले आफ्नो लागी सहि निर्णय गर्न सक्ने एक अध्ययनले पुष्टि समेत गरेको छ । ध्यानले आफैसँग प्रश्न गर्न मात्र नभएर आफू भित्रै रहेका ति प्रश्नको जवाफ पत्ता लगाउन समेत मद्दत गर्छ ।

४) दैनिक विकास

दैनिक रुपमा ध्यान गर्ने व्यक्तिहरुले अन्य कार्यमा पनि ध्यान दिन सक्छन् । एकचित्त भएर आफ्ना कामहरु गर्न सक्छन् । आफ्नो काममा ध्यान केन्द्रित गरेर अन्त ध्यान नभड्काइ एकत्रित भएर काम गर्न सक्ने क्षमताको विकास दैनिक रुपमा ध्यान गर्नाले हुन्छ ।

५) लतबाट छुट्कारा

केहि कुरामा हामी निर्भर भएर त्यो कुराको अभावमा हामी भित्र अनिन्त्रीत लडाइ सुरु हुनुलाई लतको संज्ञा दिइन्छ । चुरोट, मधिरा, आदिको सेवन गर्नु मात्र नभएर केहि कुरा प्रति अप्रत्यासित झुकाव यानिकी डिपेन्डेन्सीलाई लत भनिन्छ । यस्तो लतबाट हामी ध्यान गर्नाले पनि छुट्कारा पाउन सक्छौँ । ध्यान गर्नाले हामीले हाम्रो मष्तिष्कमा नियन्त्रण पाउन सक्छौँ र साथै हामीमा सोच्न सक्ने क्षमताको पनि विकास हुन्छ । के सहि र के गतल निर्णय लिन सक्ने क्षमताको विकासले हामीलाई लतबाट टाढा बस्न मद्दत पु¥याउँछ ।

सिफारिस

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग काठमाडौँबाहेकका सबै जिल्लामा फिर्ता लिइएको छ। सोमबार रुपन्देही जिल्ला अदालतले समेत अभियोग फिर्ता...

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार ललितपुरमा निधन भएको हो। दिवङ्गत थापाको अन्त्येष्टि आइतबार काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको जनाइएको...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध देश हो। यिनै सम्पदामध्ये डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर विशेष धार्मिक तथा सांस्कृतिक...

भर्खरै

रहेनन् पूर्वगृहमन्त्री थापा, पशुपतिमा अन्त्येष्टि

पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार...

डोल्पाको प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर (तस्वीरहरू)

डोल्पा — नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध...

नयाँ बसपार्क ट्राफिकको सडक सुरक्षा सम्बन्धी एकमहिने सचेतना कार्यक्रम सुरु

काठमाडौं — ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सडक...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क...

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं - बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम...

अमेरिका-इरान शान्ति सम्झौतापछि ह्वातै घट्यो तेलको मूल्य

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति...

धेरै पढिएको