यस्ताे पाे रहेछ मेलम्ची खानेपानी लम्बिनुका कारण

काठमाडौं – कांग्रेस सांसदले खानेपानी मन्त्री र सचिवको झगडाका कारण मेलम्ची खानेपानी आयोजना अलपत्र परेको आरोप लगाएका छन् । उनीहरूले आयोजनाको काम तत्काल सुचारु गर्न सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

प्रतिनिधिसभामा बुधबार खानेपानी तथा सरसफाइ विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनीहरूले मेलम्चीको पानी पिउन राजधानीवासीले कति समय कुर्नुपर्ने हो भन्ने प्रश्न गरे । सांसद देवेन्द्रराज कँडेलले मन्त्री बिना मगर र सचिव गजेन्द्र ठाकुरबीचको विवादले राज्यलाई घाटा पुर्‍याएको बताए । १ अर्ब ५५ करोडमा सकिने मेलम्ची आयोजनाका लागि ३ अर्बभन्दा बढी खर्च भएकाले मन्त्रीले यसको जिम्मा लिनुपर्ने उनले बताए ।

प्रकाश रसाइलीले प्रतिस्पर्धा नगरी सिनो हाइड्रोलाई आयोजना निर्माण गर्न दिइएकाले अनियमितताको आशंका गर्ने ठाउँ रहेको बताए । सरकारले गरेका गलत कामको ढाकछोप गर्न नीतिगत निर्णयहरू मन्त्रिपरिषद्बाट गरिएको उनले आरोप लगाए । उनले राष्ट्रिय गौरवका बाहेक सबै आयोजना प्रदेशलाई हस्तान्तरण गर्न माग गरे । ‘सचिवले मन्त्रीमाथि लगाएको आरोप के हो ?’ पार्वती डीसी चौधरीले प्रश्न गरिन्, ‘उहाँ (ठाकुर) अहिले पनि सचिव हुनुहुन्छ, गलत थियो भने कारबाही किन भएन ?’

एकवाल मियाँले २० वर्षमा १९ पटक प्रधानमन्त्री फेरिए पनि मेलम्ची पूरा नभएको बताए । सुजाता परियारले सरकारले खेलबाड गरेर मेलम्चीलाई अन्योलमा पारेको तर्क गरिन् । सञ्जय गौतमले दुई तिहाइको सरकारले खानेपानीसम्बन्धी प्रस्ट नीति बनाएर अघि बढ्न आग्रह गरे । दिव्यमणि राजभण्डारीले गलत नेतृत्वका कारण मेलम्ची समयमा नबनेको दाबी गरे ।

नेकपाका सांसद जीवनराम श्रेष्ठले मेलम्चीको समस्या अहिलको नभई विगतका सरकारले गरेको गल्तीको परिणाम भएको बताए । उनले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति इंगित गर्दै मेलम्ची सुरु भएपछि आफू कति समय सत्तामा बसियो हिसाब गरेर अरूलाई दोष लगाउन आग्रह गरे । कांग्रेसका गगन थापाले मन्त्रीले संविधान मिचेर विधेयक ल्याएको आरोप लगाए । संविधानतः विधेयक ३ वर्षभित्र पारित गर्नुपर्ने तथ्य उनले पेस गरे । विधेयकमा पानीको गुणस्तर नाप्ने प्रावधान ऐच्छिक राख्न नहुने सुझाव उनको थियो । खगराज अधिकारीले पानी पिउन पाउने नागरिकको मौलिक हक भएकाले सरकारले मुहान संरक्षण गर्नुपर्ने बताए ।

राजेन्द्र केसीले खानेपानी स्वच्छ बनाउने योजना ल्याउन माग गरे । पुष्पा भुसालले मुहान संरक्षण गर्नुपर्ने स्वच्छ खानेपानी जनताको जीवनसँग जोडिएको बताइन् । प्रेम सुवालले मेलम्चीको भरपर्नुभन्दा पनि राजधानी उपत्यकाको मुहान संरक्षण गरेमा पानीको समस्या नहुने बताए । विधेयकामाथि उठेको सैद्धान्तिक प्रश्नको उत्तर दिँदै मन्त्री मगरले विधेयक खानेपानी समस्यामा देखिएका विकृति हटाउन उपयुक्तहुने बताइन् । (कान्तिपुरबाट)

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको