लायन्स क्लव अफ काठमाडौँ बिहानीद्वारा जाल्पा माविमा अवाकस कार्यक्रम

काठमाडौँ – बालबालिकाको स्मरण शक्ति विकासका लागि काठमाडौंको बानियाटारस्थित जाल्पा माध्यामिक विद्यालयमा अवाकस प्रणालीको कार्यक्रम सम्पन्न गरिएको छ । बालविकास एनसीमासको सहयोगमा लायन्स क्लव अफ काठमाडौँ बिहानीले यो कार्यकम आयोजना गरेको हो।

लायन्स क्लव अफ काठमाडौँ बिहानीका अध्यक्ष तारा बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यकममा प्रमुख अतिथि लायन्स क्लव  325 B1 का डिस्टिक एड्भाइजर मानश्री बज्राचार्य, अतिथिहरुमा लायन्स क्लव अफ काठमाडौँ बिहानीका  पुर्व अध्यक्षद्वय डिल्लीप्रसाद बास्कोटा र भरत पौडेल, बालविकास एनसीमासका निर्देशक तेजु नेपालका साथै विद्यालयका प्रधानाध्यापक, शिक्षक र सम्पूर्ण विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बालबालिकाको स्मरण शक्तिलाई सक्रिय बनाउने अवाकस प्रणाली कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक सुजनकुमार श्रेष्ठले खुसि व्यक्त गरे। उनले आयोजक लायन्स क्लव अफ काठमाडौँ बिहानी र सहयोगी एनसीमासका निर्देशक तेजु नेपाललाई धन्यवाद दिए। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू समय-समयमा आयोजना गरेर विद्यालयको शैक्षिक विकासमा सहयोगको आशा व्यक्त गरे । उनले  विद्यार्थीहरुले सिकेका कुरा व्यवहारमा लागु गर्न समेत निर्देशन दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानश्री बज्राचार्यले पनि यो अवाकस प्रणाली  गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा स्मरण शक्तिमा निकैनै उपयोगी रहेको बताए।

विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको लायन्स क्लव अफ काठमाडौँ बिहानीले शैक्षिक क्षेत्रमा पनि विशेष योगदान गरिरहेको क्लवका अध्यक्ष भण्डारीले बताए। उनले जहाँ आवश्यकता छ त्यहाँ लायन्स क्लव उपस्थित हुने कुरा पनि व्यक्त गरे।

कार्यक्रम आयोजना गरी सहयोग गरेकोमा बालविकास एनसीमासका निर्देशक तथा लायन्स क्लव अफ काठमाडौँ बिहानीका लायन तेजु नेपाललाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो।

अवाकस शैक्षिक प्रणालीले बालबालिकामा गणितीय समस्या समाधान हुने, उनीहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको  एनसीमासका निर्देशक तेजु नेपालको भनाइ छ ।

 

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितिय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ३५ बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग विगत १५ बर्षदेखि भएपनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । कतिपय विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

भिडियो 

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको