नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने

काठमाण्डौ – नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कुलहरुको स्थापना गर्ने नीतिअनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भैसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा विद्यालय खोल्ने योजना रहेको बताउनुभयो ।

निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नवीनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टरलगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ‘ल्याङ्ग्वेज ल्याब’को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ । निर्देशनालयले काठमाण्डौ उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगारमूलक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको