काठमाडौं डेंगुको उच्च जोखिममा, थप सतर्कता अपनाउँन चिकित्सकको सुझाव

काठमाडौं – विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ ।

यसै विषयमा नेपालमा पनि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतवार डेंगुरोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औल्याउँदै अब काठमाडौं पनि डेंगुको उच्च जोखिममा रहेको जानकारी गराएको छ ।

बदलिँदो वातावरण, अत्यधिक गर्मी, यातायातका साधनहरू तराई, हिमाल, पहाड सजिलै पुग्ने र डेंगुका बिरामी पनि सहजै पुग्ने हुनाले सन् २००४ मा १ विदेशी नागरिकमा नेपालमा देखा परेको डेंगु अहिले के तराई, के पहाड, के हिमाल जताततै फैलिएको बताइएको छ । गत वर्षको दाजोमा यो बर्ष अत्यधिक गर्मीका कारण डेंगुको समस्या ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टासिएर रहने भएकाले १ वर्षसम्म पनि मर्दैन । भाडामा पानी सुके पनि अण्डा जीवितै हुने र पुनः पानी पाउना साथै बिउझने गर्दछ ।

एक पटकका संक्रमित लामखुट्टे २ सयदेखि ३ सयसम्म अण्डा पार्ने हुनाले एकै पटक धेरै मानिसलाई टोक्ने गर्दछ । यो संक्रमित लामखुट्टेले मान्छे र पशुलाई टोक्दछ । ‘रगतकै माध्यमबाट संक्रमण फैलाउने मात्र नभै संक्रमित लामखुट्टेले पारेको अण्डा र त्यसबाट निस्कने लामखुट्टे पनि संक्रमित हुन्छ,’ उनले भने ।

नेपालमा डेंगु लगायतका रोग नियन्त्रणका लागि प्रत्येक प्रदेशमा ६ करोड १७ लाख अर्थात एउटा निकायमा ८७ लाख देखि ८९ लाख सम्म पठाएको डा. विवेक कुमारले जानकारी गराए ।

प्रदेश नम्बर १ को सुनसरीमा मात्र यस बर्ष ३ हजार २५ जनामा डेंगु देखा परेको छ । यस बर्ष क्षेत्र नम्बर १ र मा डेंगुको महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ५ वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु ५ वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ ।

महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन् । ५ वर्षअघि १२ जिल्लामा जम्मा ३ सय २ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेको छ ।

महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ । जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन् ।

प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १ सय २६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन् । यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रुपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट शुरू भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहेपनि प्रभावहीन देखिएको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको