काठमाडौं डेंगुको उच्च जोखिममा, थप सतर्कता अपनाउँन चिकित्सकको सुझाव

काठमाडौं – विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परीक्षण भइरहेको छ ।

यसै विषयमा नेपालमा पनि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतवार डेंगुरोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औल्याउँदै अब काठमाडौं पनि डेंगुको उच्च जोखिममा रहेको जानकारी गराएको छ ।

बदलिँदो वातावरण, अत्यधिक गर्मी, यातायातका साधनहरू तराई, हिमाल, पहाड सजिलै पुग्ने र डेंगुका बिरामी पनि सहजै पुग्ने हुनाले सन् २००४ मा १ विदेशी नागरिकमा नेपालमा देखा परेको डेंगु अहिले के तराई, के पहाड, के हिमाल जताततै फैलिएको बताइएको छ । गत वर्षको दाजोमा यो बर्ष अत्यधिक गर्मीका कारण डेंगुको समस्या ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टासिएर रहने भएकाले १ वर्षसम्म पनि मर्दैन । भाडामा पानी सुके पनि अण्डा जीवितै हुने र पुनः पानी पाउना साथै बिउझने गर्दछ ।

एक पटकका संक्रमित लामखुट्टे २ सयदेखि ३ सयसम्म अण्डा पार्ने हुनाले एकै पटक धेरै मानिसलाई टोक्ने गर्दछ । यो संक्रमित लामखुट्टेले मान्छे र पशुलाई टोक्दछ । ‘रगतकै माध्यमबाट संक्रमण फैलाउने मात्र नभै संक्रमित लामखुट्टेले पारेको अण्डा र त्यसबाट निस्कने लामखुट्टे पनि संक्रमित हुन्छ,’ उनले भने ।

नेपालमा डेंगु लगायतका रोग नियन्त्रणका लागि प्रत्येक प्रदेशमा ६ करोड १७ लाख अर्थात एउटा निकायमा ८७ लाख देखि ८९ लाख सम्म पठाएको डा. विवेक कुमारले जानकारी गराए ।

प्रदेश नम्बर १ को सुनसरीमा मात्र यस बर्ष ३ हजार २५ जनामा डेंगु देखा परेको छ । यस बर्ष क्षेत्र नम्बर १ र मा डेंगुको महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ५ वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु ५ वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ ।

महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन् । ५ वर्षअघि १२ जिल्लामा जम्मा ३ सय २ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेको छ ।

महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ । जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन् ।

प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १ सय २६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन् । यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रुपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट शुरू भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहेपनि प्रभावहीन देखिएको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको