यस्तो छ आगामी ३ दिनको मौसम, केहि ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । साथै उक्त रेखा उत्तरतर्फ सर्ने क्रममा रहेको पनि महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको जानकारी दिँदै महाशाखाले यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणका सम्बन्धमा महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धि हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

हाल देशको मध्य तथा पूर्वी तराई भू–भागमा आंशिक वदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ भने पहाडि भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पश्चिमी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार राति धेरैजसो स्थानमा वदली देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राति देशभर वदली रही पश्चिमका केही स्थानमा साथै पूर्व तथा मध्यका धेरै स्थानहरुमा वर्षा हुनेछ । देशको पुर्व तथा मध्य भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको