यस्तो छ आगामी ३ दिनको मौसम, केहि ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । साथै उक्त रेखा उत्तरतर्फ सर्ने क्रममा रहेको पनि महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको जानकारी दिँदै महाशाखाले यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणका सम्बन्धमा महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धि हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

हाल देशको मध्य तथा पूर्वी तराई भू–भागमा आंशिक वदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ भने पहाडि भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पश्चिमी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार राति धेरैजसो स्थानमा वदली देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राति देशभर वदली रही पश्चिमका केही स्थानमा साथै पूर्व तथा मध्यका धेरै स्थानहरुमा वर्षा हुनेछ । देशको पुर्व तथा मध्य भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको