कालिकोट – कालिकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ ।
बम विष्फोट सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्यक्रमस्थल नजिकै दुईवटा बम बिष्फोट भएको थियो ।