मौसम : यी स्थानमा वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनकको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसमका सम्बन्धमा जानकारी दिँदै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले जनाएको छ । त्यसैले मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

बिहीबार दिउँसो अधिकांश स्थानमा वदली भई पश्चिम, मध्य तथा पूर्वी पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार राति देशका धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा वर्षा हुनेछ भने पश्चिमी तथा मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रकार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य वदली रही केही स्थानमा वर्षा हुने तथा राती देशभरी वदली रही पश्चिम, का केही स्थानमा एवं पूर्व तथा मध्यका धेरै स्थानमा वर्षा हुने सम्भाना छ ।

त्यस्तै शनिबार दिउँसो देशका अधिकांश स्थानमा वदली रही मध्य तथा पूर्वका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार शनिबार राति देशका धेरैजसो स्थानमा वदली केही स्थानमा वर्षा हुनेछ । त्यस्तै पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको