रवि पक्राउ परेसंगै सामाजिक संजालमा चर्को विरोध, भने रवि ‘हामी तिम्रो साथमा छौ’

काठमाडौ – जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ परे लगतै सामाजिक संजालमा चर्को विरोध सुरु भएको छ । रवी लामिछानेका समर्थकले रवी र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठुलो सड्यन्त्र रहेको भन्दै विरोध गरेका हुन् । अहिले सामाजिक संजालमा रविको समर्थन गर्दै ‘हामी तिम्रो साथमा छौ’ भन्दै उनका समर्थकहरु सामाजिक संजालमा प्रहरी विरुद्द आक्रोश पोखेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पक्राउ बिहिबार साँझ परेका थिए। उनीसंगै  पत्रकार युवराज कँडेलसमेत पक्राउ परेका छन् ।

भिडियोमा पुडासैनीले लामिछाने सहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए। न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु न्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीले मृतकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो। चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले रवीलाई काठमाडौंको पानी पोखरीबाट पक्राउ गरेको हो । प्रकरणमा समातिएका रवि लामिछानेलाई बिहीबार नै घटनास्थल चितवनतर्फ लगिएको छ ।

सिफारिस

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ। मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं – अहिले देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद्ले...

काठमाडौँ लिजेण्ड्सले लाङटाङ एप्पल फार्म राइड आयोजना गर्ने

काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइड आयोजना गर्ने भएको छ। ...

पर्यटन बोर्डको कार्यकारी प्रमुखमा दीपकराज जोशी नियुक्त

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त...

आजदेखि तिज पर्व सुरु, साँझ दर खाने

काठमाडौँ - नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप...

धेरै पढिएको