पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । लामिछानेसहित ३ जनालाई बिहीबारबाट लागू हुने गरी जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेको हो ।

शुक्रबार दिउँसो जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार पक्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here