काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ । सचिवालयको आइतबार बसेको बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।
पूर्व प्रधानमन्त्त्री समेत रहेका खनाल यसअघिको नेकपा एमालेमा सदस्य थिए। पार्टी एकीकरणपछि नै उनले वरियतका विषयमा असन्तुष्टि राख्दै आएका थिए।
सोही बैठकले पार्टीको जनवर्गीय संगठनको इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ। प्रदेश सम्पर्क कमिटीमा नेतृत्व चयन समेत गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन्।