भोटेकोशी नदीमा एक्कासी भीषण बाढी, यस्तो छ अपडेट

रसुवा – रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीहरुको जनजिवन प्रभावित भएको छ ।

राति आएको बाढीले रसुवास्थित भोटेकोशी नदीको बेलिब्रिज पनि बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने बेलिब्रिज बगाएको हो ।

चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।

राती नौ बजेबाट खोलाको बहाब एक्कासी बढेकाले रसुवागढीको जलविद्युत आयोजनाले खतराको साईरन बजाएको थियो ।

रसुवा.भन्सार याडमा भंसार गर्न राखिएका कन्टेनरहरु बगाउने खतरा भएपछि सुरक्षाकर्मीको सहायतामा राती नै सार्ने काम गरिएको छ ।

जिल्लाको उत्तरगया गाँउपालिका १ मैलुङ तथा ५ को खाल्टे बगर क्षेत्रका भुकम्पबाट बिस्थापित भएका बासिन्दासमेत समयमै सुचना पाएपछि सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजनाको कर्मचारी निवास जाने बेलि ब्रीज पुल बगाएको छ भने अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रजिअ भण्डारीले बताए ।

उता रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ४५ जनाभन्दा बढी कर्मचारी ‘आयोजना क्याम्प’ छोडेर बाहिरिएका छन् ।

भीषण बाढी आएकाले क्याम्पमा बस्न सुरक्षित नरहेको आयोजना प्रमुख छबि गैरेले बताए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको