रविकी श्रीमती निकिताको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । प्रहरी परिसरले जाहेरी दर्ता गर्न अस्वीकार गर्दै निकितालाई जिल्ला प्रहरी कार्यालय चितवन जान सल्लाह दिएको छ ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सार्वजनिक भएको भिडिओ किर्ते गरेको आरोपमा उनी तीन जनाविरूद्ध जाहेरी दिन काठमाडौं प्रहरी परिसर गएकी थिइन् ।

निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिन खोजेको बताइएको छ ।

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार पुडासैनीको मृत्यु प्रकरणका बारेमा चितवन प्रहरीले अनुसन्धान गरिरहेकाले आफूहरुले जाहेरी दर्ता नगरेको प्रतिक्रिया दिए । “त्यो चितवनमा विचाराधीन मुद्दा हो । कानुनी रुपमा पनि हाम्रो क्षेत्राधिकारभन्दा बाहिर रहेकाले हामीले जाहेरी दर्ता नगरेको हो,” उनले भने ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ वसपार्कस्थित एक होटलमा मृत फेला परेका थिए ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको