काठमाडौँ – नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले महामारीप्रति संवेदनशील बन्न सरकारसँग माग गरेको छ ।
ननकोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन सरकारलाई सुझाव दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको बैठक सकिएलगत्तै पत्रकारहरुसँग पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड र कोभिडका बिरामीलाई एउटै अस्पतालमा राख्नु उपयुक्त नहुने भन्दै माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन सरकारलाई आग्रह गरेका छन् ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको हो ।
बैठकले मजदुर, श्रमजिवीहरुलाई राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।
