रामेछाप -जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले रामेछाप जिल्लामा बैशाख २० गते राति १२ बजे देखि लागू हुने गरि एकसाताका लागि निषेधाज्ञा जारी गरेकाे छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरिएण्ड सहितको कोभिड–१९ को संकमण तीव्र रुपले फैलिएको भन्दै जाेखिम युक्त क्षेत्रहरु ताेकि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे । संक्रमणकाे जाेखिममा रहेका जिल्लाका विभिन्न स्थानहरुमा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी भएकाे छ ।

जिल्ला स्तरीय कोभिट –१९ संकट व्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्बाेट,३ को ठूलीमदौ ,६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ । यसैगरि गोकुलगंगा गाउँपालिकाको वडानम्बर १,४ र ५ लाइ जोखिम युक्त क्षेत्र तोकी सो छेत्रमा पनि बैशाख २० गते सोमबार राती १२ बजेदेखि २७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
निशेधअाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा ताेकिएकाे सेवा बाहेकका अन्य सेवा बन्द गरिएकाे प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुले बताएका छन् ।
