काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार यसअतिरिक्त आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति बनाउने भन्नेबारे पनि छलफल हुनेछ ।

पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here