काठमाडौँ – काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए ।

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

उनका अनुसार बैठकले उपत्यकामा कवाडी संकलनमा रोक लगाएको छ भने सडकमा हुने ठेलागाडा र सडक व्यापारलाई पनि निषेध गरिएको छ । सडकमा अनावश्यक भीडभाड देखिएकाले आवश्यकबाहेक हिँडडुलमा पनि कडाई गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here