नेपाली कांग्रेसको संसदीय दलको बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो।

‘बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको खाँडले जानकारी दिए ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका सवैधानिक आयोग पदाधिकारीलाई नमान्ने र उनीहरूले गरेका निर्णय पनि नमान्ने विषयमा पनि छलफल भएको उनले बताए  ।

बैठकमा सांसदहरुले राष्ट्रपति विद्या भण्डारीको कदमले संविधानमाथि नै प्रहार गरेको भन्दै आपत्ति जनाएका थिए । दल विशेषलाई सहयोग गर्ने गरी भण्डारीले भूमिका खेलेको भन्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here