काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा पुनः कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको नतिजामा उनीहरू दुबैमा कोरोना देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भने कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्रीसहित सचिवालयका एक दर्जन व्यक्तिको स्वाब परीक्षण गरिएको थियो । थापा र भण्डारी दुबैलाई कोरोनाको पहिलो लहरमा पनि संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here