सर्वोच्च अदालतको फैसला : एनसेलले झण्डै ६३ अर्ब कर तिर्नु नपर्ने

काठमाण्डौ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ कर तिनुपर्ने ठूला करदाता कार्यालयको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

यसअघि सर्वोच्चको फैसलालाई आधार बनाएर वैशाख ३ गते ठूला करदाता कार्यालयले एनसेल प्रालिको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदाको कर ६२ अर्ब ६३ करोड रुपैयाँ निर्धारण गरेको थियो ।

तर ठूला करदाता कार्यालयको निर्णयविरुद्ध २०७६ सालको बैसाख ९ गते एनसेल सर्वोच्चमा पुगेको थियो । यो मुद्दाको फैसला साउन २१, साउन ३०,भदौ ५ र भदौ ९ गरी तेस्रो पटकलाई सारिएको थियो ।

सोमबार न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले ठूला करदाता कार्यालयले गरेको निर्णय बदर गरेको हो ।

सर्वाेच्च अदालतले एनसेल लाभकरको विषयमा आयकर ऐन को दफा १०१ आकर्षित नहुने र दफा १२० अनुसार ठूला करदाता कार्यालयले फेरि कर निर्धारण गर्न सक्ने फैसला गरेको छ ।

यसअघि २०७५ सालको माघ ३ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले एनसेलको लाभकरबारे फैसला गरेको थियो र लाभकर नतिरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्री अनुमति नदिन परमादेश जारी गरेको थियो ।

हेर्नुहाेस् सर्वाेच्च अदालतकाे संक्षिप्त आदेश

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको