गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकास्मात राजीनामा दिएका हुन् ।
यसअघि लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर केही घण्टापछि फेरि मुख्यमन्त्री बनेका थिए ।
