काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
कोरोना पोजिटिभ रिपोर्ट पेस गर्दै बस्न्यातले थुनामुक्त गर्न माग्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनी धरौटीको रकम बुझाएर सोमबार रिहा भएका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालयको सचिव छँदा काठमाडौंको बालुवाटारस्थित सरकारी स्वामित्त्वको जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको अभियोगमा अख्तियारले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले २८ मंसिर ०७७ मा बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।
