विष्णु पौडेल बिहानै माधव नेपालको निवासमा, रोकिएला त सामूहिक राजीनामा ?

काठमाडौँ – असन्तुष्ट पक्षका सांसदको राजीनामा रोक्न एमालेका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवास (कोटेश्वर) पुगेका छन्।

अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबीच छलफल भइरहेको छ। जसपाको महन्थ ठाकुर पक्षले साथ नदिँदा बहुमत पुर्‍याउन धौधौ परिरहेको विपक्षीलाई बाटो खोलिदिन नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले अन्तिम प्रयास गरिरहेको हो।

यसै क्रममा नेपाल पक्षले भर्चुअल माध्यमबाट आज राख्न लागेको स्थायी कमिटी बैठकअघि विष्णु पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

विश्वासको मत नपाएर ओली प्रधानमन्त्री (हाल कामचलाउ) पदबाट हटेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ।

आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका कांग्रेसका सभापति देउवाले आज राति ९ बजेसम्म पनि बहुमत जुटाउन सकेनन् भने धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। अहिले संसदमा ठूलो दल (सबैभन्दा धेरै सदस्य भएको) एमाले हो भने संसदीय दलका नेता ओली नै हुन्।

यसर्थ असन्तुष्ट नेपाल पक्षका सांसदको राजीनामा रोक्न सके देउवाको योजना असफल हुनेछ भने फेरि ओली नै प्रधानमन्त्री हुने बाटो खुल्नेछ। यसैका लागि ओली पक्ष नेपाल समूहका सांसदको राजीनामा रोक्ने प्रयासमा लागेको हो।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको