विष्णु पौडेल बिहानै माधव नेपालको निवासमा, रोकिएला त सामूहिक राजीनामा ?

काठमाडौँ – असन्तुष्ट पक्षका सांसदको राजीनामा रोक्न एमालेका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल बिहानै वरिष्ठ नेता माधव नेपालको निवास (कोटेश्वर) पुगेका छन्।

अहिले वरिष्ठ नेता नेपाल र नेता पौडेलबीच छलफल भइरहेको छ। जसपाको महन्थ ठाकुर पक्षले साथ नदिँदा बहुमत पुर्‍याउन धौधौ परिरहेको विपक्षीलाई बाटो खोलिदिन नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेपछि त्यसलाई रोक्न ओली पक्षले अन्तिम प्रयास गरिरहेको हो।

यसै क्रममा नेपाल पक्षले भर्चुअल माध्यमबाट आज राख्न लागेको स्थायी कमिटी बैठकअघि विष्णु पौडेल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन्।

विश्वासको मत नपाएर ओली प्रधानमन्त्री (हाल कामचलाउ) पदबाट हटेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयसीमा आज राति ९ बजे सकिँदैछ।

आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गरिरहेका कांग्रेसका सभापति देउवाले आज राति ९ बजेसम्म पनि बहुमत जुटाउन सकेनन् भने धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ। अहिले संसदमा ठूलो दल (सबैभन्दा धेरै सदस्य भएको) एमाले हो भने संसदीय दलका नेता ओली नै हुन्।

यसर्थ असन्तुष्ट नेपाल पक्षका सांसदको राजीनामा रोक्न सके देउवाको योजना असफल हुनेछ भने फेरि ओली नै प्रधानमन्त्री हुने बाटो खुल्नेछ। यसैका लागि ओली पक्ष नेपाल समूहका सांसदको राजीनामा रोक्ने प्रयासमा लागेको हो।

सिफारिस

नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि पुगेका समर्थक (तस्वीरहरू)

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएइबीच पहिलो टी–२० खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल...

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी” सार्वजनिक भएको छ। सानुको सम्झनामा तयार गरिएको यस गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले...

मोतिराज र शान्तिश्रीको आवाजमा नबराजको बिर्सु कसरी (भिडियो)

नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत “बिर्सु कसरी”...

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

धेरै पढिएको