नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन्।
उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना रहेको बताएका छन्।
‘पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु। साथै पार्टी अध्यक्ष के.पी. शर्मा ओली नेपाल को ४३औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ उनले भनेका छन्।