माधवजीहरुले धोका दिनु भयो बन्ने शब्द प्रयोग गर्न चाहन्नँ फेरि पनि भेट हुन्छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी माधवकुमार नेपाल समूह फेरि एक ठाउँमा हुने बताएका छन्।

शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिले नै माधव समूहले धोका दिएको निष्कर्षमा नपुगेको बताए।

‘अहिले नै म माधवजीहरुले धोका दिनु भयो बन्ने शब्द प्रयोग गर्न चाहन्नँ। उहाँहरु भित्र पनि केही समस्या पक्कै भए होलान्। उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै हुनु भएको कारणले अहिले नै धोका दिनु भो भन्ने शब्द बढी हुन्छ भन्ने लाग्छ’, प्रचण्डले भने, ‘म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष अगाडि बढाउनु हुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ।’

संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउने बेलामा भेट हुन्छ भन्न खोज्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले त्यो पनि हुनसक्ने बताए।

माओवादी आफ्नो ढंगले अगाडि बढ्ने तथा संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी राख्ने उनले बताए।

‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी जहिले पनि तयार हुन्छ। संविधानविरोधी ढंगले भयो भने मात्रै हाम्रो चिन्ता, विरोध र आलोचना हुने हो’, प्रचण्डले भने, ‘संविधान अन्तरगत हुने चुनावमा हाम्रो सहभागिता हुन्छ।’

प्रतिपक्षीको हैसियतले सरकारका गलत काम कारबाहीको आलोचना गर्ने तथा जनतालाई राहत दिने र संविधानको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने प्रचण्डले बताए।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको