सरकारमा जान किन अस्वीकार गर्याे जसपाले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई गरेका हुन् । सरकारले आफ्ना ‘केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने’ आश्वासन जसपा नेताले दिएका छन्

जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताए । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै उनले अहिलेकै अवस्थामा सहभागी नहुने प्रस्ट पारे ।

‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले राजधानीसँग भने, ‘तर, हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

संविधान संशोधन, मधेस आन्दोलन क्रममा लगाइएका झुठा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतालगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिइसकेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको