११ देशका लागि राजदूत सिफारिस , कुन देशमा काे ?

सरकारले ११ देशमा राजदूत नियुक्ति गर्न लागेको छ। परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, अस्ट्रिया, इजिप्ट, रुस, म्यान्मार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि नयाँ राजदूत सिफारिस गरेको हो।

दक्षिण कोरिया र श्रीलंका ३ वर्षदेखि राजदूतविहीन थिए भने अस्ट्रेलियाका राजदूतलाई कार्यकाल पूरा नहुँदै एक साताअघि मात्रै फिर्ता बोलाइको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार दक्षिण कोरियाका लागि त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक सुम्निमा तुलाधर, श्रीलंकाका लागि तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल राजदूतमा सिफारिस भएका छन्।

यसैगरी अस्ट्रियाका लागि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजदूतमा सिफारिस भएका छन्।

यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता एवं काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर (जंगब) चौहान, म्यान्मारका लागि झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला र बहराइनका पूर्वमन्त्री युवराज कार्की राजदूतमा सिफारिस भएका छन्।

यस्तै ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूतमा सिफारिस भएका छन्।

नेपाल पाल्पाका पूर्वसांसद हुन्। सुवेदीको विस्तृत विवरण खुल्न बाँकी छ। यस्तै मेराज मुसलमान नेकपा एमालेनिकट मुस्लिम संगठनका पूर्वअध्यक्ष हुन्।

एक साताअघि मन्त्रिपरिषद्ले सिफारिस गरेका नाम नै संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालय पठाइएको परराष्ट्रय मन्त्रालयको स्रोतले जनाएको छ।

प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पास भएमा बढीमा एक महिनाभित्र नियुक्ति प्रक्रिया सुरु हुन्छ।

अस्ट्रेलियामा यसअघिका राजदूत महेशराज दाहाललाई कार्यकाल डेढ वर्ष नबित्दै गत साता मात्रै फिर्ता बोलाइएको थियो। उनको स्थानमा नियुक्ति गर्न लागिएको सुम्निमा तुलाधर वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन्।

उता कार्यकाल पूरा भएका टोकियोमा राजदूत प्रतिभा राणा र मस्कटमा राजदूत शर्मिला पराजुली ढकाललाई भने अर्को निर्णय नहुन्जेलका लागि कार्यकाल थप गरिएको छ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको