मन्त्रिपरिषद् पुनःगठन : पाँच मन्त्रालयको जिम्मेवारी आफैँलाई

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् पुनःगठन गरेका छन्। सत्ता साझेदार दल नेपाली काँग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।

प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले आज मुख्यमन्त्री शाहीले गरेको सिफारिशअनुसार उनकै नेतृत्वमा विसं २०७४ फागुन ६ गतेको मौजूदा मन्त्रिपरिषद्मा नेपाल संविधानको धारा १६८ उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास, आन्तरिक मामिला तथा कानून, युवा तथा खेलकूद, जलस्रोत तथा उर्जा विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका छन्। यसअघि यही वैशाख १५ उद्योग, पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्रमशः नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले लिइसकेका छन् ।

वैशाख २९ गते मुख्यमन्त्री शाहीले प्रदेशसभा सदस्यत्रय विन्दमान विष्टलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद, सीता नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीका लागि बिहीबार ११ः०० बजे शपथको कार्यक्रम थियो । मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि शपथ ग्रहण कार्यक्रम हुन सकेन ।

काँग्रेसले सामाजिक विकास मन्त्रालयसहित मन्त्री नियुक्तिमा भद्र सहमित भएकामा मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याएर आफ्नै ढंगले मन्त्री नियुक्त गरेपछि समस्या उब्जेको कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बताए र

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको