काठमाडौँ – काठमाडौमा बुधबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज विहान ५ बजेर ४३ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४३ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।